आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं - आज (बिहीबार) नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।
पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो दुई बजे बस्ने बैठक पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीत हुने बताइएको छ ।
कांग्रेसको पछिल्लोपटक बसेको पदाधिकारी बैठकले आगामी भदौ ७ गते देखि गर्ने तय भएको महाधिवेशन भदौ १६ देखि गर्ने गरी सार्न प्रस्ताव गरेको थियो । कोरोना महामारीका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणको काममा ढिलाइ हुँदा पूर्वनिर्धारित कार्यतालिका केही हेरफेर गरी महाधिवेशन गर्ने कांग्रेसले जनाएको छ।
भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कांग्रेसले तयारी थालेको छ । कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने भनेकोमा अहिलेसम्म करिव ८ लाख सदस्य बनेको दाबी गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस