काठमाडौंका यी स्थानमा आज पाँच घण्टा बिजुली जाने
खबर एक्सप्रेस
२०८१-१०-१४ ०८:२२ मा प्रकाशित
Total Shares: 316
काठमाडौं - काठमाडौं उपत्यकाका केही स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आज इमाडोल–१ (बानेश्वर) फिडरअन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।
बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस