काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गत न्यूजर्सी स्टेडियममा भएको समूह चरणको एक निकै नै रोमान्चक र तनावपूर्ण खेलमा नर्वेले अफ्रिकी च्याम्पियन सेनेगललाई ३–२ गोल अन्तरले पराजित गरेको छ। 

खेलको अन्तिम समयसम्म निकै प्रतिस्पर्धात्मक बनेको यस खेलमा नर्वेलाई जिताउन स्टार स्ट्राइकर एर्लिङ हालान्डले उत्कृष्ट प्रदर्शन गरे।

मार्कस होल्मग्रेन पेडेरसनले खेलको ४३औँ मिनेटमा गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलले अगाडि रहेको नर्बेले दोस्रो हाफ सुरु भएको लगत्तै स्टार खेलाडी एर्लिङ हालान्डले गोल गर्दै नर्वेको अग्रता दोब्बर बनाए।