कांग्रेस, माओवादी केन्द्र र जसपा गठबन्धनको सरकार बन्छ : वर्षमान पुन
काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले कांग्रेस, माओवादी केन्द्र र जसपाका बीचमा गठबन्धनको सरकार बन्ने बताएका छन् ।
माओवादी केन्द्रको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग आज कुराकानी गर्दै नेता पुनले यस्तो बताएका हुन् ।
‘चैत ५ गते जसपाको बैठक छ। त्यो बैठकपछि सत्ता समीकरणले मुर्त रूप लिन्छ,’ उनले भने, ‘कांग्रेस, माओवादी केन्द्र र जसपाका बीचमा गठबन्धन बन्छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सडक आन्दोलनमा उत्रिएका तीनवटा दलबीचको गठबन्धनमा सरकार बन्ने उनको दावी छ ।
‘हामी सबैले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक हो, यसलाई सच्याउनुपर्छ भनेर एकै ठाउँमा उभिएर त्यसबारेमा एउटै धारणा बनाएको सन्दर्भमा, आ–आफ्नो ढंगले आन्दोलन गरेको सन्दर्भमा र संसद पुनर्स्थापना भइसकेको सन्दर्भमा यो एउटा प्राकृतिक गठबन्धन पनि हो’ पुनले भने ।
फेसबुक पेज Like गर्नुहोस