हैदरावादलाई हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लियो
काठमाडौं, एजेन्सी - चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।
हैदरावादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा रुतुराज गायकवाड र फाप डु प्लेसिसले अर्धशतकीय इनिङ्स खेले ।
गायकवाडले ७५ रनको इनिङ्स खेल्दा प्लेसिसले ५६ रन बनाए । मोइन अलि १५ रनमा आउट भए । सुरेश रैना १७ र रविन्द्र जडेजाले अविजित ७ रन बनाए ।
हैदरावादका राशिद खानले ३ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।
हैदरावादका लागि मनिस पाण्डेले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान डेभिड वार्नरले ५७ रनको इनिङ्स खेले । केन विलियम्स २६ र केदार जादब १६ रनमा अविजित रहे ।
चेन्नईका लुंगी एनजिडीले २ तथा साम कुरनले १ विकेट लिए । जितसँगै चेन्नईले ६ खेलमा १० अंक जोडेको छ । चेन्नईको यो पाँचौ जित हो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस