कांग्रेसको पदाधिकारी बैठक आज बस्ने
खबर एक्सप्रेस
२०८१-०३-१८ ०८:४३ मा प्रकाशित
Total Shares: 95
काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सोमबार बस्दैछ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले सोमबार अपराह्न ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाएका हुन्।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएकोलगायत विषयमा छलफल हुनेछ।
कांग्रेसले गत पुसमा ६ महिना भित्र महाधिवेशन गर्ने गरी भ्रातृ संस्थाको म्याद थप गरेको थियो। तर तोकिएको समयमा भ्रातृ संस्थाहरूले महाधिवेशन गर्न सकेनन्।
भ्रातृ संस्थाको म्याद के गर्ने भन्नेबारे छलफल केन्द्रित हुने मुख्यसचिव पौडेलले जानकारी दिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस