काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५२७ र एन्टिजेन विधिबाट ६४ जनामा कोरोना संक्रमण देखिएको हो । 

यस्तै, आज थप ६६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।