काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समन्वय समितिका अनुसार उपनिर्वाचन हुन लागेका सबै स्थानमा उमेद्वारी दिइने भएको हो ।

त्यसकालागि पार्टीले उम्मेदवारको दरखास्त आह्वान गर्ने भएको छ । सकभर सर्वसम्मतका आधारमा उमेद्वार चयन गरिने बताइएको छ ।

स्थानीय तह निर्वाचनमा रास्वपा पहिलोपटक भाग लिन लागेको हो । २०७९ सालमा स्थानीय तह चुनाव हुँदा रास्वपाको जन्म नै भएको थिएन।

आगामी मंसीर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा चुनाव हँदैछ।