कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
खबर एक्सप्रेस
२०८०-०९-१३ १०:०४ मा प्रकाशित
Total Shares: 66
काठमाडौं - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसकोे केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबारदेखि सुरू भएको बैठकमा सरकारका मन्त्री र केन्द्रीय सदस्यहरूले धारणा राख्नेक्रम चलिरहेको छ ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दोश्रो दिन बिहान ११ बजेबाट बैठक बस्ने जनाइएकाे छ ।
बैठकमा बिहीबारै महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले राष्ट्रियसभा निर्वाचन, सरकारको समीक्षा, महासमिति बैठकको तयारी, राष्ट्रिय मेलमिलाप दिवस र समुदायमा कांग्रेस अभियान लगायत विषयहरू एजेण्डाकारुपमा प्रस्तुत गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस