काठमाडौं,गोरखा - गोरखामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-४का २३ वर्षीय निराजन नेपाल, सोही ठाउँका दीपक परियार र धार्चे गाँपालिका-३ उहियाकी शरणी गुरुङकी २ वर्षीया छोरी सपना गुरुङको मृत्यु भएको हो । यस्तै, तीन जना घाइते भएका छन् ।

परियार र नेपालको घटनास्थलमै र गुरुङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी २६ वर्षीया शरणी गुरुङ र धार्चे गाउँपालिका-५ माछाखोलाका अस्मिता गुरुङको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

अर्का घाइते धार्चे गाउँपालिका-३ का आशमान गुरुङको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।