कांग्रेस कार्यसम्पादन समिति बैठक दिउँसो ३ बजे
खबर एक्सप्रेस
२०८०-११-२२ ०२:२३ मा प्रकाशित
Total Shares: 106
काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ३ बजे बस्ने भएको छ ।पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस सरकारबाट बाहिरिएको छ । सत्ता बहिर्गमनसँगै विकसित पछिल्लो घटनाक्रमबारे छलफलका लागि बैठक बोलाइएको उनले जानकारी गराए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस