तरिका मिल्यो भने पूरै अवधि प्रधानमन्त्री भइन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको थोरै सीट भए पनि जादुवाला भएको बताएका छन् ।
माओवादी केन्द्र निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले भने,‘बाहिर भनिराखे जस्तो सरकार कति दिन होला, चल्छ कि चल्दैन भन्ने विभिन्न कुरा आउँछन् । मैले जे देखेको छु, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । ढुक्कसँग काम गरे हुन्छ । सजिलो छैन हामीलाई हटाउन, इतिहास, मुद्दा र हाम्रो जादुवाला नम्बर छ । थोरै छ भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । जादुले अनेक गरेर मिलाइहाल्छ ।’
प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकार ढल्दैछ भनेर चलाएको हल्लामा कुनै सत्यता नभएको जिकिर गरे।
उनले पार्टीको थोरै सीट भए पनि जादुवाला भएकाले कसैले हटाउन नसक्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलसँग गरेको सहमति इमानदारीपूर्वक नै कार्यान्वयन गरेर अगाडि बढ्ने बताए ।
फेसबुक पेज Like गर्नुहोस