सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन पाटन उच्च अदालतको आदेश
खबर एक्सप्रेस
२०८०-०९-१३ ०३:५५ मा प्रकाशित
Total Shares: 78
काठमाडौं - उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले सबैलाई परीक्षामा सहभागी गराउनका लागि अन्तरिम आदेश दिएको हो ।
आदेशमा भनिएको छ,‘निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित मिति २०८०।८।१९ को सूचना बमोजिम मिति २०८०।९।२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । प्रस्तुत आदेशको जनाउ विपक्षीहरूलाई दिई नियमानुसार गर्नू ।’



.gif)



फेसबुक पेज Like गर्नुहोस