कांग्रेस संसदीय दलको बैठक आह्वान
खबर एक्सप्रेस
२०८०-०४-२५ ०१:१२ मा प्रकाशित
Total Shares: 146
काठमाडौं- प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसको संसदीय दलको समिमितको बैठक बोलाइएको छ । पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले संसदीय दलको समिति बैठक बोलाएका हुन् ।
देउवा निवासमा बिहीबार अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको समिति बैठकमा सदनको गतिरोध अन्त्य लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
समितिमा नेता देउवासहित, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस