काठमाडौं - प्रतिनिधिसभा निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले एसएसपीसम्मका अधिकारीलाई फिल्डमा खटाएको छ ।

बुधबारदेखि ३१ एसएसपी र ४६ एसपीलाई विभिन्न जिल्लाको जिम्मेवारी दिएर प्रहरी प्रधान कार्यालयले खटाएको हो ।

दुई जिल्लासम्मको समन्वय गर्ने गरी उनीहरु खटिएका हुन् ।

उपत्यकाका तीन जिल्लामा मात्र थप पाँच एसएसपीलाई फिल्डमा खटाइएको छ । धेरै एसएसपी तराईका जिल्लामा खटिएका छन् ।

एसपीहरु धेरै पहाडी र हिमाली जिल्लाको समन्यका लागि खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

थप मद्दतका लागि काठमाडौं उपत्यकाबाट १३ हजार प्रहरीलाई बाहिरको जिल्लामा खटाइएको छ । ४४ डीएसपी र ११० जना इन्स्पेक्टरलाई दुई साताअघि नै जिल्लामा खटाइएको थियो ।