काठमाडौं - प्रिमियर लिग क्लब टोटनहमले स्पेनिस महारथि रियल मड्रिडका फरवार्ड गारेथ बेललाई अनुबन्ध गरेको छ । वेल्सका कप्तानसमेत रहेका बेललाई टोटेनहमले एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।

बेलले टोटनहममा ९ नम्बरको जर्सी लगाउने क्लबले जनाएको छ ।

३१ वर्षिय बेल सन् २०१३ मा कीर्तिमानी मूल्यमा टोटनहमबाटै रियल पुगेका थिए । रियलमा रहँदा बेलले सय गोल भन्दा धेरै गरेका छन् । साथै, चार पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् ।

पछिल्लो समय प्रशिक्षक जिनेदिन जिदानसँग सम्बन्ध बिग्रिएपछि बेलले धेरै मौका पाएका छैनन् । बेलले आफु पूर्व क्लबमा फर्किन पाउँदा खुशी व्यक्त गरेका छन् ।