काठमाडौं-सरकारले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ।

आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा आयोग गठन गर्ने सहमति बनेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  निर्देशन दिएका छन्।

सोमबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने र सोमबारबाटै काम सुरु गर्नेछ । सत्ता गठबन्धको बैठकमा प्रचण्डले आयोग गठनका लागि भइरहेको तयारीका सम्बन्धमा जानकारी गराएका थिए ।

कोरियाली भाषा परीक्षामा सहभागी हुन नपाएको विषयलाई लिएर भएको आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा शुक्रबार बालकुमारीमा दुई युवकको मृत्यु भएको थियो ।