लिभरपूललाई हराउँदै चेल्सी क्वाटरफाइनलमा प्रवेश
खबर एक्सप्रेस
२०७६-११-२१ ११:०० मा प्रकाशित
Total Shares: 338
एजेन्सी - लिभरपूललाई हराउँदै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली २–० ले विजयी भयो ।
लिभरपुल विरुद्धको खेलमा चेल्सीलाई विजयी गराउन विलियन र रोस बार्क्लेले एक एक गोल गरे ।
जितसँगै चेल्सी क्वाटरफाइनलमा पुग्दा लिभरपुलको भने जारी सिजन प्रिमियर लिगबाहेक घरेलु फुटबलमा अर्को उपाधि जित्ने सम्भावना सकिएको छ ।
एफए कप फुटबलकै अन्य खेलहरुमा रिडिङलाई अतिरिक्त समयमा हराउँदै शेफिल्ड युनाईटेड तथा वेष्ट ब्रोमलाई ३–२ ले हराउँदै न्युकासल युनाइटेड पनि क्वाटरफाइनलमा पुगेका छन् । यसअघि पोर्ट्समाउथलाई हराउँदै आर्सनलले पनि क्वाटरफाईनलको यात्रा तय गरिसकेको छ ।
फेसबुक पेज Like गर्नुहोस