काठमाडौं,एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयर्ल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार दुबई अन्तराष्ट्रिय रंगशालामा साँझ ७:४५ बजे हुनेछ ।

जारी सिजनको अंक तालिकाको छैठौं स्थानमा रहेको राजस्थानलाई सातौं स्थानमा रहेको कोलकत्ताले चुनौती दिन लागेको हो । आजको खेल आफ्नो पक्षमा पार्दै दुबै टोली प्ले अफमा स्थान बनाउने दाउमा छन् । आजको खेल भारी अन्तरले जित्ने टीम रेन रेटको आधारमा प्ले अफमा पुग्ने सम्भावना रहेको छ ।

कोलकत्तामा दिनेश कार्तिक, आन्द्रे रसेल, शुभमान गिल, प्याट क्युमिन्स, सुनिल नारिने लगायतका उत्कृष्ट खेलाडी छन् ।

राजस्थानमा पनि अस्ट्रेलियन क्रिकेटर स्टेभ स्मिथको कप्तानीमा सञ्जु सामसन, जोस बटलर, बेन स्टोक्सलगायतका खेलाडी छन् ।