काठमाडौं - जवरजस्ती करणी मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएको जानकारी संसदमा गराइएको छ। 

मंगलबार बसेको प्रतिनिधसभाको बैठमा सभामुख अग्‍नि सापकोटाले दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित महरा अदालतबाट सफाइ पाएर सोमबारै डिल्ली बजार कारागारबाट रिहा भएको जानकारी गराएका हुन्। 

महराबारेमा अदालतको फैसलाको जानकारी संसदलाई गराइएसँगै अब उनले प्रतिनिधिसभाको बैठकमा भाग लिन पाउनेछन्। उनी प्रतिनिधिसभाको पहिलो लाइनकै कुर्सीमा बस्‍नेछन्।