काठमाडौं-सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबारदेखि सुरु भएको बैठकको आज तेस्रो दिन हो । बैठक आज बिहान ११ बजेदेखि सुरु हुनेछ । बितेका दुई दिनमा ५० जना माओवादी नेताले आफ्नो धारणा राखेका थिए ।

ती नेताले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा धारणा राखेका थिए ।

पार्टीलाई नयाँ जीवन दिने, सङ्गठनात्मक संरचनालाई सानो बनाउने, पार्टीलाई पुनः जागृत गर्ने भन्ने विषयमा केन्द्रित भएर नेताहरूले धारणा राखेका थिए ।बाँकीले आफ्नो भनाइ राख्ने क्रम जारी रहन्छ ।