काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ८७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १५७० , भक्तपुरमा ११९ र ललितपुरमा १८९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार ३०९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ४४ हजार ९७८ जना स‌ंक्रमणमुक्त भएका छन् ।