प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ बिहीबारलाई सर्यो
खबर एक्सप्रेस
२०८०-०२-२९ १२:५२ मा प्रकाशित
Total Shares: 140
काठमाडौं - प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी बिहीबारको लागि सरेको छ । यसअघि कार्कीको सुनुवाइका लागि समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो ।
संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो ।
कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ । ६५ वर्षे उमेरहदका कारण कार्कीले आउँदो साउन २० देखि अनिवार्य अवकाश पाउँदै छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस