रजनीलाई फाल्के अवार्ड
काठमाडौं,एजेन्सी - दक्षिण भारतका चर्चित अभिनेता रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड २०२०’ बाट सम्मानित गरिने भएको छ । केन्द्रीय सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले सामाजिक सञ्जालमा ट्विट गर्दै यसबारेमा जानकारी दिएका हुन् ।
उनले, रजनीकान्तलाई चलचित्र क्षेत्रमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै सरकारले यो निर्णय गरेको बताउँदै यसलाई राजनीतिसँग जोड्न नमिल्ने बताए ।
पाँच सदस्यीय जुरीले यो निर्णय गरेको मन्त्रीले ट्विटमा उल्लेख गरेका छन् । यसअघि सन् २०१८ मा अमिताभ बच्चन, सन् २०१७ मा विनोद खन्ना, सन् २०१६ मा कसिनाथुनी विश्वनाथ, सन् २०१५ मा मनोज कुमारलाई यो अवार्ड दिइएको थियो ।
भारतमा ‘दादा साहेक फाल्के अवार्ड’ सर्वाधिक प्रतिष्ठित अवार्ड मानिन्छ । चलचित्र क्षेत्रमा योगदान दिएका एक कलाकारलाई भारत सरकारले हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ ।
फेसबुक पेज Like गर्नुहोस