रुखमा भुण्डिएको अवस्थामा ५० वर्षीय पुरुषको शव फेला
खबर एक्सप्रेस
२०७७-११-१९ ०९:५८ मा प्रकाशित
Total Shares: 666
काठमाडौं,मकवानपुर - जिल्लाको हेटौँडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । बिहानै हेटौँडा–१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार उक्त शव स्थानीयवासी ५० वर्षीय रामकृष्ण बलामीको रहेको बुझिएको छ ।
हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोली रहेको जनाइएको छ । मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइने तयारी हुनुका साथै उक्त घटनाका विषयमा थप अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस