अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
खबर एक्सप्रेस
२०८१-११-२० ०७:४३ मा प्रकाशित
Total Shares: 155
काठमाडौं - संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।
अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ ।
यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय समद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्ने बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस