काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यण्डबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाको द्वीपक्षीय सम्बन्धका विभिन्न विषय छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटवार्तामा एमसीसी परियोजना लगायतका विषयमा छलफल भएको बुझिएको छ । नुल्याण्ड आइतबार नेपाल आइपुगेकी थिइन् ।