पोखरा - गण्डकी प्रदेशमा नेपाल प्रहरी, पत्रकार, बैंकमा कार्यरत कर्मचारीलगायतसहित थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा विभिन्न चार जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा लमजुङका २६, नवलपरासी बर्दघाट सुस्ता पूर्वका १०, बाग्लुङका १ र कास्कीका २ जना रहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

जसमा पोखरा महानगरपालिकाका-६ का १ जना संक्रमितको चरक मेमोरियल अस्पतालमा उपचार भैरहेको छ । उनी पर्यटन व्यवसायी हुन् । एकजना महिला होम आईसोलेसनमा छिन् । यस्तै, लमजुङ जिल्ला, लमजुङ जिल्ला सामुदायिक अस्पतालमा १४ दिनका नाबालकसहित ५ जनाको उपचार भैरहेको छ ।

यस्तै, सामुदायिक अस्पतालमै कार्यरत एकजना, ग्लोबल आईमईमा कार्यरत पाँचजना, नेपाल प्रहरीमा कार्यरत चारजना र बेसीसहर-७ का २८ बर्षीय एकजना महिला पत्रकार संक्रमित भएका छन् ।

अन्य जिल्लाका व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङको क्रममा संक्रमण पुष्टि भएको हो । सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको डा. शर्माले जानकारी दिए ।

यससँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ५ पुगेको छ ।

No photo description available.