१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ
खबर एक्सप्रेस
२०७७-०६-१० ०१:४६ मा प्रकाशित
Total Shares: 649
काठमाडौंं, गाईघाट - उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा त्रिनपा–५ का ४८ वर्षीय टेकबहादुर बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले पीडित बालिकाको अभिभावकले दिएको उजुरीका आधारमा बुढाथोकीलाई बिहीबार पक्राउ गरिएको बताए ।
पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस