रोनाल्डोबिनाको युभेन्ट्स बराबरीमा रोकियो
खबर एक्सप्रेस
२०७७-०७-१० ०७:५० मा प्रकाशित
Total Shares: 342
काठमाडौं, एजेन्सी - इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्ट्सले बराबरी खेलेको छ । गएराति आफ्नै होममा सम्पन्न खेलमा युभेन्ट्सले भेरोनासँग १-१ बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको ६० औं मिनेटमा भेरोनाले एन्ड्री फाभीलीको गोलबाट अग्रता लिएको थियो । ७७ औं मिनेटमा डेजान कुलुसेभेस्कीले गोल गर्दै युभेन्ट्सलाई बराबरीमा ल्याए ।
कोरोना संक्रमण भएपछि रोनाल्डो यस खेलमा उपस्थित थिएनन् । उनको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएपछि च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् ।
बराबरीसँगै युभेन्ट्सको ५ खेलमा ९ अंक रहँदा तालिकाको पाचौं स्थानमा छ । समान खेल खेलेको भेरोनाको ८ अंक रहँदा तालिकाको आठौं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस