जीप दुर्घटना हुँदा पूर्वमन्त्री सहित ५ जना घाइते
काठमाडौं,सुर्खेत - पूर्व सहायक जलस्रोत मन्त्री विनोद कुमार शाह सवार जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको बा २१ च २७४६ नम्बरको जीप रत्न राजमार्गको मौरे खोलामा दुर्घटना हुँदा जीपमा सवार ५ जना घाइते भएका हुन् ।
जीप रत्न राजमार्गको चिसापानी–बबई खण्डको बाँसगढी नगरपालिका–१ मौरे खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । जीप अनियन्त्रित हुँदा झण्डै १०० मिटर तल खोलामा खसेको छ ।
दुर्घटनमा परेर घाइते हुनेमा पुर्वसहायक जलश्रोत मन्त्री विनोदकुमार शाह, जिल्ला समन्वय समिति दैलेखकी उपप्रमुख लक्ष्मी शाह, पुर्व जिविस उपसभापति सुर्यबहादुर शाही, पदम माझी र सवारी चालक रहेका छन् ।
पुर्व सहायक जलश्रोत मन्त्री विनाद कुमार शाही र लक्ष्मी शाह दैलेख ठाटीकाँध गाउँपालिका १ स्थानीय बासिन्दा हुन । लक्ष्मी विनोद शाहकी धर्मपत्नी हुन् । घाइतेहरुलाई उद्धार गरी नेपालगञ्ज पठाइएको छ ।
नेकपाको ओली पक्षका केन्द्रीय नेता समेत रहेका शाह पार्टीकै कामको शिलशिलामा आज काठमाडौँबाट दैलेख फर्केदै गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस