सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
खबर एक्सप्रेस
२०८१-०२-११ ०८:३८ मा प्रकाशित
Total Shares: 100
काठमाडौं - कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ।
धनुषा जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले शुक्रबार सिरोहियालाई थप ३ दिनको म्याद थपेको हो ।
धनुषा जिल्ला अदालतले आज दोस्रोपटक म्याद थप गरेको हो । यसअघि गत बुधबार पनि ३ दिनकै म्याद थप भएको थियो ।
सिरोहियाको र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको उल्लेख गर्दै जाहेरी परेपछि धनुषा प्रहरीले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेर नियन्त्रणमा लिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस