काठमाडौं - नेपालमा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७४७ जनामा गरिएको परीक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५४१ पुगेको छ । त्यस्तै पछिल्लो एक दिनमा ४३६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।