रामोसले च्याम्पियन्स लिग र एल क्लासिको गुमाउने
खबर एक्सप्रेस
२०७७-१२-२० १०:०५ मा प्रकाशित
Total Shares: 235
काठमाडौं,एजेन्सी - स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिग र एल क्लासिको गुमाउने भएका छन् ।
फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोट अन्तर्गत कोसोभोविरुद्धको खेलमा चोट बोकेका रामोसले च्याम्पियन्स लिग फुटबल अन्तर्गत लिभरपुलविरुद्धको खेल र बार्सिलोनाविरुद्धको ‘एल क्लासिको गुमाउने भएका हुन् । उनको पीडुलामा चोट लागेको बताइएको छ ।
रियलले अप्रिल ७ मा लिभरपुलसँग च्याम्पियन्स लिगको पहिलो लेग, ११ अप्रिलमा बार्सिलोना र १५ अप्रिलमा लिभरपुलसँग दोस्रो लेग खेल्दैछ । तर, ३५ वर्षीय डिफेन्डर रामोस चोटका कारण मैदान बाहिर रहने भएका हुन् । उनको यो चोट रियलको लागि निकै महंगो सावित हुनसक्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस