अविरल वर्षाका कारण कालिकोटमा पहिरो, एकै परिवारका ६ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०४-३० ०९:१६ मा प्रकाशित
Total Shares: 240
काठमाडौं - अविरल वर्षाका कारण कालिकोटमा गएराति गएको पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।
महाबै गाँउपालिका-३ नकुगाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिँदा दुई छोरा र दुई छोरीको मृत्यु भएको हो । त्यस्तै उनका दाजु डिल बहादुर बिष्टका दुई छोरीको पनि पहिरोमा परेर ज्यान गएको छ ।
प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा १९ वर्षीया शान्ति बिस्ट, १८ वर्षीया सबिनाबिस्ट, १५ वर्षीया आशा बिस्ट, १३ वर्षीय पुष्प बिस्ट, ११ वर्षका प्रबिन बिस्ट र १० वर्षीया रेखा बिस्ट रहेका छन् ।
हाल उद्दारका लागि पहिरो गएको ठाँउमा प्रहरी टोली परिचालन भैसकेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस