बालिका बलात्कार गरेको आरोप मधेसका पूर्वप्रदेश प्रमुख अहिराज पक्राउ
काठमाडौं - मधेसका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ परेका छन् । उनलाई आइतबार काठमाडौं प्रहरी परिसरको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।
उनीमाथि बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोप छ । बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो । उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौंमा पेस गरी म्याद समेत थप भइसकेको छ।
उनीमाथि अनुसन्धान गर्न अदालतले पाँच दिनको अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध गत माघ ३ गते जाहेरी दर्ता भएको थियो ।
प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो । उक्त पक्राउ पुर्जी जारी भएको थाहा भएपछि अहिराज फरार भएका थिए ।
फेसबुक पेज Like गर्नुहोस