गठबन्धन सरकारमा जाने एकीकृत समाजवादीको निर्णय
खबर एक्सप्रेस
२०८०-११-२३ ०५:१४ मा प्रकाशित
Total Shares: 156
काठमाडौं- नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ ।नेकपा एमाले र माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको हो ।बैठकलगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार गएका छन्।सचिवालय बैठकले प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मेवारी दिने निर्णय गरेको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस