माओवादी नेता पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान
काठमाडौं - पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।
जण्डिसको वंशाणुगत समस्या भएका उनलाई थप समस्या देखिएपछि उपचारका लागि बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्याण्डको बैंकक प्रस्थान गरेका हुन् । पुनले थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।
सुमेरु अस्पतालमा उपचारत पुनको नेपालमा उपचार सम्भव नभएपछि बैंकक लगिएकाे हाे । नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि बैंकक प्रस्थान गरेकी छन् ।
पुनले २०७२ मा पनि थाइल्याण्डमा उपचार गराएका थिए। त्यतिबेला उनी लामो समय उपचारका लागि बैंककमा बसेका थिए । त्यसपछि पुनले प्रत्येक वर्ष फलोअपका लागि बैंकक गइरहेका थिए । तर, पछिल्लाेसमय काेराेना महामारीका कारण उनी जान सकेका थिएनन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस