महरा पक्राउबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दै
खबर एक्सप्रेस
२०८०-१२-०६ १०:३६ मा प्रकाशित
Total Shares: 160
काठमाडौं - नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक आज बस्दैछ ।
पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि त्यसबारेमा छलफल गर्न माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको हो । बैठक आज बिहान बस्ने गरि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएका हुन् ।
बैठकले महरा पक्राउबारे पार्टीको आधिकारिक धारणा तय गर्ने जनाइएको छ ।सुन तस्करी प्रकरणमा महरालाई सोमबार कपिलवस्तुबाट सिआइवीले पक्राउ गरेको थियो । उनलाई चार दिन थुनाम राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले चार दिन समय दिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस