ओलीलाई भेट्न प्रचण्ड, देउवा र सभामुख घिमिरे बालकोटमा
खबर एक्सप्रेस
२०८०-०१-०४ १०:४७ मा प्रकाशित
Total Shares: 73
काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् ।
भाइरल ज्वरोका कारण अस्वस्थ भई आराम गरिरहेका ओलीलाई भेट्न उनीहरु बालकोटस्थित ओलीको निवास गएका हुन् ।
भेटमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा समेत छलफल हुने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस