काठमाडौं, दोलखा - बाल अभियानताको विशेष सक्रियतामा हुन लागेको बाल बिवाह रोकिएको छ । दोलखामा हुन लागेको बाल बिवाह रोकिएको जिल्ला समन्वय समिति दोलखाका बाल बिवाहमुक्त प्रदेश सहजकर्ता राजन बस्नेतले जानकारी दिए । 

आज हुन लागेको १४ वार्षिय बालिका र २४ बर्ष उमेर रहेका युवाको बिवाह स्थानीय श्रोतबाट आएको जानकारीका आधारमा बाल बिवाहा रोकिएको हो । 

स्थानीय बासिले बाल बिवाहा हुन लागेको खबर सम्बन्धित निकायमा जानकारी दिए लगत्तै सम्बन्धित निकायले सोधपुछ गर्दा बाल बिवाह हुन लागेको प्रमाणका आधारमा बाल बिवाह रोक्नका लागि आवश्यक सल्लाह ,सुझाव र निर्देशन समेत दिइएको बाल अधिकारकर्मी बस्नेतले बताए ।

भीमेश्वर नगरपालिका र बाल अभियानताको विशेष सक्रियतामा बाल बिवाहा हुन बाट रोकिएको सहजकर्ता बस्नेतले जानकारी दिए । बिवाहा हुन लागेकी १४ वार्षिय बालिकालाई अभिभावकको जिम्मा समेत लगाइएको छ । बाल बिवाहा गर्ने जोडीको परिचय र ठेगाना भने गोप्य राखिएको छ । 

बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ७२ (३) (ख)मा बिवाह गर्ने उमेर २० बर्ष नपुगी कसैले बालबालिकाको बिवाह तय गर्ने ,बिवाह गर्ने वा गराउनेलाई बालबालिका विरुद्धको कसुर मानी ७५ हजार रुपैयाँ सम्म जरिवाना र ३ बर्ष सम्म कैद सजाय हुने कानुनी ब्यबस्था रहेको अधिकारकर्मी बस्नेतले बताए ।

बाल विवाह भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ । गत हप्ता दोलखामा विवाह बन्धनमा बाँधिएका एक जोडीलाई प्रहरीको सहयोगमा  आ–आफ्नै घरमा फिर्ता पठाएको थियो । यही मंसिर महिनामा विवाह गरेका १८ वर्षिय वालक र १७ वर्षिय वालिकालाई आ-आफ्नै अभिभावकको जिम्मा लगाईएको अधिकार कर्मी बस्नेतले बताए । गत बर्ष भने दोलखामा बाल बिवाह शून्य रहेको बस्नेतको भनाइ छ ।

'प्रदेश र स्थानीय तहका एउटै सन्देश बाल बिवाहमुक्त हाम्रो प्रदेश' भन्ने मुल नाराका साथ बागमती प्रदेश अन्तर्गत जिल्ला समन्वय समिति दोलखाले स्थानीय निकायहरूको सहयोगमा बालबालिका सम्बन्धित विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको जिल्ला समन्वय समिति दोलखाका प्रबक्ता मुरारी राज सिवाकोटीले जानकारी दिए ।