सुनको मूल्य अहिलेसम्मकै उच्च, कति छ आज ?
खबर एक्सप्रेस
२०७७-०३-१४ ११:१८ मा प्रकाशित
Total Shares: 266
काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य बढेसँगै सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
महासंघका अनुसार शुक्रबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोलामा ७ सय रुपैयाँले बढेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर ९ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस