एनसेलको सेयर खरिदबिक्रीबारे सरकार गम्भीर छ : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेल खरिद-विक्री प्रकरणमा सरकार गम्भीर रहेको बताएका छन् ।
मंगलबार संसद्को राज्य व्यवस्था समितिमा जवाफ दिन पुगेका उनले यस्तो बताएका हुन् । ‘सञ्चार मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको छु । मुख्यसचिवलाई बोलाएर पनि नीति नियम अनुसार निर्देशन दिनुपर्यो भनेर मुख्यसचिवबाट बनाउन लगाएर निर्देशन जारी गरेको छु । सरकारको नेतृत्वको हैसियतले मैले एकदमै गम्भीर रूपमा पहल गरेको छु ।’ प्रचण्डले भने ।
उनले शेयर खरिद-बिक्री स्वाभाविक नभएको पनि बताएका छन् । एनसेलको ८० प्रतिशत शेयर रहेको रेनोल्ड होल्डिङ्स कम्पनीको स्वामित्व मलेसियाको आजियाटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको स्पेक्ट्रलाइट युकेलाई बेचेको थियो। तर, उक्त किनबेचको पारदर्शितालाई लिएर सरकारमाथि पनि प्रश्न उठिरहेको छ।
फेसबुक पेज Like गर्नुहोस