जेनजीको आन्दोलनपछि ओली पहिलो पटक पार्टी मुख्यालय जाँदै
खबर एक्सप्रेस
२०८२-०७-०२ ०२:०४ मा प्रकाशित
Total Shares: 47
काठमाडौं-जेनजी आन्दोलनपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक पार्टी केन्द्रीय कार्यालय च्यासल जाँदैछन्।
पार्टीको समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा सहभागी हुन शनिबार दिउँसो २ बजे पार्टीको मुख्यालयमा जान लागेका हुन्।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सत्ताच्युत भएका ओली अहिले गुण्डुमा भाडाको घरमा बसेका छन्।
आन्दोलनकारीले प्रर्दशनको क्रममा घरदेखि पार्टी कार्यालयसम्म आगजनी र तोडफोड गरेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस