नयाँ वर्ष २०८१ शुभारम्भ, हर्षोल्लाससहित मनाइँदै
खबर एक्सप्रेस
२०८१-०१-०१ ०७:५१ मा प्रकाशित
Total Shares: 149
काठमाडौं - काठमाडौं । विक्रम संम्वतको पात्रोअनुसार आजदेखि नयाँ वर्ष शुभारम्भ भएको छ ।
हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा मनाइन्छ । विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ ।
विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ । नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा खुसी आदानप्रदान गर्ने गरिन्छ । नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस