दैनिक दुई लाख जनालाई खोप लगाउँछौँ : स्वास्थ्य राज्यमन्त्री
खबर एक्सप्रेस
२०७८-०४-२८ ०३:२४ मा प्रकाशित
Total Shares: 228
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दैनिक दुई लाख जनालाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान चलाउने बताए । खोप र नागरिकको जीवन रक्षालाई सरकारले प्राथमिकतामा रहेको उनको भनाई छ ।
श्रेष्ठले अघिल्लो सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको पनि जानकारी दिएका छन् । असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको उनले बताए । श्रेष्ठका अनुसार असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस