अर्जेन्टिनी लिजेण्ड फुटबलर म्याराडोनाको निधन
खबर एक्सप्रेस
२०७७-०८-११ ०७:२५ मा प्रकाशित
Total Shares: 340
काठमाडौं,एजेन्सी - अर्जेन्टिनी लिजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ ।
हृदयघातका कारण म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको अर्जेन्टिनी संचारमाध्यमहरुले जनाएको छ । उनको घरमै निधन भएको बताईएको छ ।
दुई साताअघि मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा म्याराडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो ।
म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस