काठमाडौं - सरकारले भौतिक  पूर्वाधारका साथै मुलुकको  राष्ट्रिय सुरक्षा  संवेदनशीलतालाई  समेत  ध्यानमा  राख्दै आउँदो दुई  वर्षभित्र अन्तरिक्षमा  आफ्नै भू–उपग्रह (स्याटेलाइट)  स्थापना  गर्ने  प्रक्रिया  अगाडि  बढाएको छ । 

प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  गत  माघ  १७  गते राजधानीमा आयाजित  एक  कार्यक्रमलाई  सम्बोधन  गर्दै  सरकारले अन्तरिक्षमा  आफ्नै  भू–उपग्रह  स्थापना  गर्ने  उद्घोष  गरेका थिए ।  

भू–उपग्रह  स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा  नयाँ फड्को मार्ने  विश्वास  गरिएको छ । विदेशी  भू–उपग्रहको प्रयोग  मुलुकको राष्ट्रिय  सुरक्षाका लागि  समेत  संवेदनशील  हुने भएकाले सरकारले आफ्नै  भू–उपग्रह  स्थापना  गर्न  लागेको हो ।  

भू–उपग्रह  स्थापनाका  लागि सरकारले  भू–उपग्रह  नीति,  २०७७  समेत  ल्याइसकेको छ । 

गोरखापत्र दैनिकबाट