प्रदेश-२ को नाम र स्थायी राजधानी तोक्नका लागि मतदान सुरु
काठमाडौं - प्रदेश-२ को नाम र स्थायी राजधानी तोक्नका लागि मतदान सुरु भएको छ । लामो समयदेखि प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न नसक्दा आज निर्वाचन हुन लागेको हो ।
सत्ताधारी दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपाल मधेश प्रदेशको पक्षमा उभिएकाे छ । काँग्रेस मिथिला भोजपुरा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशको नाम जानकी राख्नुपर्ने अडान राख्दै आएकाे छ ।
दुई तिहाई बहुमत ल्याउनेले मात्र प्रदेशको नाम राख्न पाउने छ । दुई तिहाईकाे लागि कम्तीमा ७२ मत ल्याउनुपर्ने हुन्छ, नपुगेमा लगातार निर्वाचन हुने बताइएकाे छ ।
प्रदेशसभामा रहेका १०७ जना सांसदमध्ये सत्ताधारी दल समाजवादी पार्टीको ३०, राजपा नेपालका २५, नेकपाको ३२ र काँग्रेसको १९ सांसद र नेपाल समाजवादी पार्टीको एकजना सांसद रहेका छन् ।
गोप्य मतदान प्रकृया सम्पन्न गराउनका लागि संसद सचिवालका सचिव रञ्जितकुमार यादवलाई निर्वाचन अधिकृत तोकिएको छ । यस्तै, स्थायी राजधानीका लागि पनि तीन वटा प्रस्ताव दर्ता भएको छ ।
फेसबुक पेज Like गर्नुहोस