ब्रेस्टलाई हराउँदै पीएसजी फ्रेन्च कपको अन्तिम १६ मा
खबर एक्सप्रेस
२०७७-११-२३ ०९:४८ मा प्रकाशित
Total Shares: 262
काठमाडौं - एजेन्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा अन्तिम ३२ को खेलमा ब्रेस्टमाथि ३–० को सहज जित निकाल्दै पीएसजीले प्रि–क्वाटरफाइनलको यात्रा तय गर्न सफल भएको हो ।
खेलको नवौं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पीएसजीले सुरुवाती अग्रता लिएको थियो । ४४औं मिनेटमा पाब्लो सारावियाले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । त्यसपछि ७४औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० को सहज जित दिलाए ।
यस्तै, अन्तिम ३२ कै अर्को खेलमा लियोनले सोसुकमाथि ५–२ को जित निकाल्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस